NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

ओलीविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–नेपाल समूहले अघि नबढाउने

काठमाडौं । अनौपचारिक रुपमा विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव प्रतिनिधिसभाको आगामी अधिवेशनमा अघि नबढाउने भएको छ । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकमा अविश्वासको प्रस्ताव बारे थप कदम नचालिने बताइएको थियो । प्रचण्ड–नेपाल समूहले बैठकमा अन्य पार्टीहरुसँग पनि छलफल गरेर नयाँ स्वरुपमा जानुपर्ने निर्णय गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले ९० सांसद्हरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर, अहिले उक्त प्रस्तावको वैधानिकतामाथि प्रश्न उठेका कारण त्यसलाई अघि नबढाउने निर्णय भएको प्रचण्ड–नेपाल समूहका एक केन्द्रिय सदस्यले बताए ।