प्रमुख सचेतक भट्टराई भन्छन् – संसदमा केपी ओली, प्रचण्ड, माधव नेपाल सँगै बस्छन्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सँगै बस्ने बताएका छन् । उनले औपचारिक रुपमा नेकपा विभाजन नभएकाले सँगै बस्नुको विकल्प नभएको बताएका हुन् । प्रमुख सचेतक भट्टराईले नेकपाको एकताका लागि पनि प्रयास भइरहेको बताए । हामी त्यतिबेलासम्म एकताबद्ध भएर संसदमा प्रस्तुत हुने वातावरण बनाउन प्रयासरत छौँ ।, नेपालवाचसँग कुरा गर्दै भट्टराईले भने, नेकपालाई फुटबाट जोगाउने हाम्रो पवित्र चाहना छ, यदि उहाँहरुले पनि चाहनुभयो भने २३ गते एकताबद्ध भएर संसदमा प्रस्तुत हुन्छौँ ।’ उनले अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री विरुद्ध पार्टीमा दर्ता गर्नुभएको १९ बुँदे आरोप पत्र फिर्ता लिए पार्टी एक भएर जान समस्या नरहेको बताए । प्रमुख सचेतक भट्टराईले २३ गतेको संसद बैठकका सन्दर्भमा सभामुख अग्नीप्रसाद सापकोटासँग पनि परामर्श गरिरहेको बताएका छन् । ‘यसबारे सम्मानिय सभामुखसँग परामर्श गरिरहेको छु, ‘प्रमुख सचेतक भट्टराईले भने, ‘प्रचण्ड, माधव नेपाल लगायतका कमरेडहरु सत्तारुढ दलको रोहमा हामीसँगै बस्नुहुन्छ ।’ उनले बाहिर हल्ला गरिएजस्तो प्रधानमन्त्री विरुद्ध संसदमा अविस्वासको प्रस्ताव दर्ता हुने स्थिती नरहेको समेत बताएका छन् ।
प्रतिक्रिया