NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

सुदूरपश्चिममा प्राङ्गारिक कृषि प्रणाली शुरु गरिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्राङ्गारिक–कृषि प्रणाली शुरू हुने भएको छ । खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक–कृषि प्रणाली शुरूवात गर्न लागिएको हो । सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलले आज राजपुरमा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेशमा प्राङ्गारिक–कृषि प्रणालीका लागि रु चार करोड बजेट विनियोजन गरी नौवटै जिल्लामा काम शुरु भएको निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा आलु खेतीमा प्राङ्गारिक–कृषि प्रणालीको थालनी गर्न लागिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । विश्वमै रासायनिक विषादी प्रयोग बढ्दै जाँदा त्यसले विभिन्न खालको असर पारिरहेको हुँदा प्राङ्गारिक कृषि प्रणालीमा जोड दिन थालिएको हो । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले पौष्टिक उत्पादन, वातावरण सन्तुलन, स्वास्थ्य सन्तुलन, माटोको गुणस्तर कायम गर्न सकिने, आम्दानी बढी लिन सकिने, स्थानीय श्रोत साधनको सदुपयोग गरी प्राङ्गारिक उत्पादनलाई ब्रान्डको रूपमा अगाडी बढाउन सकिने बताए ।