प्रधानमन्त्री ओली फेरि झापा जाँदै, मोरङ पनि आजै

प्रधानमन्त्री केपी शर्मा ओलीले देश दौडाहालाई झनै तीव्र बनाएका छन्। सोमबार पोखरा पुगेका प्रम ओली मंगलबार आज झापा र मोरङ जाँदै छन्। प्रधानमन्त्री ओली काठमाडौंबाट झापा जाने छन्। उनी बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नेछन्। त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ। उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ। ओलीले आइतबार मात्र झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेका थिए।
ताजा अपडेट
-
कोशी प्रदेशसभाकाे नीति तथा कार्यक्रम बहुमतले पारित
-
नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण
-
बहुमत ल्याएर प्रधानमन्त्री बन्छु : प्रचण्ड
-
कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
-
याे वर्षको मनसुनमा २० लाख नागरिक प्रभावित हुने अनुमान
प्रतिक्रिया