विप्लव समूहसँग वार्ता गर्न सरकारले गर्यो टोली गठन

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।
ताजा अपडेट
-
कोशी प्रदेशसभाकाे नीति तथा कार्यक्रम बहुमतले पारित
-
नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण
-
बहुमत ल्याएर प्रधानमन्त्री बन्छु : प्रचण्ड
-
कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
-
याे वर्षको मनसुनमा २० लाख नागरिक प्रभावित हुने अनुमान
प्रतिक्रिया