NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

प्रचण्डले पनि लगाए कोभिड–१९ विरुद्धको भ्याक्सिन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ विरुद्ध खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेर प्रचण्डले आज खोप लगाएको हो । संसद सचिवालयले फागुन २३ गते संसद वैठकको तयारीका लागि सबै सांसदहरुलाई भ्याक्सिन अनिवार्य गरेको छ । सोही अनुसार प्रचण्डले सिभिल अस्पताल पुगेर कोभिड–१९ को भ्याक्सिन लगाएका हुन् । सभामुख, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई भ्याक्सिन लगाउन सरकारले सिभिल अस्पतालमा व्यवस्था मिलाएको छ । यस्तै संसद सचिवालयका कर्मचारी, मर्यादापालक लगायतका कर्मचारीहरुले पनि अनिवार्य रुपमा भ्याक्सिन लगाउनु पर्ने व्यवस्था गरेको छ । यस्तै अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सुरक्षामा खटिने प्रहरी, संसदीय मामला पत्रकारलाई पनि खोप लगाउनु पर्ने बाध्यकारी गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष