NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

नेपालसँगको सीमा क्षेत्रमा एसएसबीको बटालियन थप्ने भारतको निर्णय

भारतले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिने सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को बटालियन बढाउने भएको छ। भारतीय गृह मन्त्रालयले नेपाल र भुटानसँग सीमा क्षेत्रमा १२ बटालियन थप्न सैद्धान्तिक स्वीकृति दिएको हो। १२ वटा बटालियन थप गरिएकामा कम्तिमा १३ हजार सुरक्षाकर्मी, कर्मचारी पनि थप हुनेछन्। यो खबर इन्डिया टुडेमा छ। एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले प्रत्येक वर्ष चार बटालियनका दरले बढाउँदै लगिने इन्डिया टुडे टेलिभिजनसँग भनेका छन्। यसैगरी, भारतीय गृह मन्त्रालयले नेपाल-भारत सीमामा एकीकृत जाँच केन्द्र र ५ सय ५८ पोष्ट थप गर्न पनि स्वीकृति दिएको छ। हाल नेपाल र भुटानसँगको सीमा क्षेत्रमा ९० हजार एसएसबी खटिने गरेका छन्। क्याप्सन : नेपाल-भारत सीमा क्षेत्रमा गस्ती गर्दै एसएसबी। तस्बिर : पिटिआई

ताजा अपडेट

नेपालवाच विशेष