NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

म्यानमार : सैनिक कूविरुद्धको प्रदर्शनमा एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सैनिक कूविरुद्ध एक महिनादेखिको प्रदर्शन जारी छ। १९ माघमा सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ। बुधबार भने प्रदर्शनको क्रममा हिंसात्मक घटना भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनमा ३८ जनाको मृत्यु भएको छ। यो प्रदर्शनमा हालसम्म ५० जनाको मृत्यु भइसकेको छ। राष्ट्रसंघले याे घटनालाई रक्तपातकाे दिन भनेकाे छ। म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन बर्गनरले बुधवारको अवस्था भयावह भएको बताएकी छन्। सेभ द चिल्ड्रेनले भनेको छ बुधबार ज्यान गुमाउनेमा १४ देखि १७ वर्षका किशोर पनि छन्। यसमा एक १९ वर्षीया किशोरीको पनि ज्यान गएको छ।

ताजा अपडेट

नेपालवाच विशेष