NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

विप्लव नेतृत्वकाे नेकपामाथिकाे प्रतिवन्ध खारेज, सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको छ । तेस्रो चरणमा आज गृह मन्त्रालयमा सरकार र उक्त पक्षबीच भएको वार्तामा उक्त सहमति जुटेको हो । नेकपाले आफ्ना सम्पूर्ण विषहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा संचालन गर्ने र सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीका रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरू द्धिपक्षीय सहमति भएको छ । सहमतिको विस्तृत विवरण शुक्रवार दुई बजे विशेष समारोहकाबीच सार्वजनिक गर्ने सहमति पनि भएको छ । सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विप्लवका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयुक्त हस्ताक्षर छ ।

ताजा अपडेट

नेपालवाच विशेष