प्रचण्ड भन्छन्– सर्वोच्चको फैसला हामीले सोचेभन्दा फरक आएको लाग्यो

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नामको विवादमा गरेको फैसला आफूल अपेक्षा गरेभन्दा फरक आएको भन्ने लागेको बताएका छन् । आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पुगेका प्रचण्डले संघीय संसद सचिवालयअघि पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामबारे गरेको फैसला आफूले अपेक्षा गरेभन्दा फरक आएको बताएका हुन् । उनले फैसला राम्रोसँग अध्ययन गर्न बाँकी भएको भन्दा थप कुरा पछि राख्ने बताए । उनले भने, ‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन । यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’ पार्टीको नामको विवादमा सर्वोच्च अदालतले आज नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपाको आधिकारिकता कट्टेललाई प्रदान गरेको हो ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया