नेकपा किचलो : सत्तारुढ पार्टीको नाम नै हरायो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीमा आधिकारीक को भन्नेबारे केपी शर्मा ओली र प्रचण्ड समूहवीच वादप्रतिवाद भइरहँदा सर्वोच्च अदालतले उक्त पार्टीको नाम नेता ऋषि कट्टेलको जिम्मा लगाएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको राजनीतिक दल आफ्नो भएको दावी गर्दै वामपन्थी नेता ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी कट्टेलको हुनेगरी फैसला सुनाएको छ । यो फैसलासँगै ओली–दाहालवीच पार्टी विभाजन हुँदा नेकपा कस्को हुने भन्ने विवाद पनि सकिएको छ । तर सर्वोच्चको फैसलाले सरकारको नेतृत्व गरिरहेको दल नाम विहिन बन्न गएको छ । सरकारका अंगहरुले आधिकारीक पत्राचार गर्दा सत्तारुढ दललाई कसरी सम्बोधन गर्ने भन्नेमा संकट आएको छ । पूर्व सभामुख दमननाथ ढुंगानाले नेकपाको विवादमा नयाँ जटिलता थपिएको बताए । उनले संसद र अदालतको पत्र सभामुखको टेवलमा नपुग्दासम्म भने ओली–प्रचण्डले नेकपाकै नाममा प्रतिनिधित्व गर्ने बताए ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया