NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १३ गते

प्रचण्ड समूहपछि कांग्रेस सांसदद्वारा पनि नाराबाजी र रोष्टम घेराउ

काठमाडौं । पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकलाई नेकपाको प्रचण्ड समूहले बहिष्कार गरेपछि कांग्रेसले पनि विराेध गरेकाे छ । प्रतिनिधिसभा असंवैधानिक भएको अदालतको ठहरपछि प्रधानमन्त्रीले शासन गर्ने वैधता गुमाएपछि सरकारको तर्फबाट अध्यादेश ल्याउने गरी कार्यसूची राखेकोभन्दै सांसद भीम रावलले विरोध जनाएका थिए । तर, उनको विरोधकाबीच अध्यादेशको कार्यसूची प्रस्तुत गर्ने अनुमति सभामुखले दिएपछि प्रचण्ड पक्षका सांसदले बैठक बहिष्कार गरे । तर, सभामुखले अध्यादेश प्रस्तुतिको अनुमति दिएपछि कांग्रेसतर्फबाट पुष्पा भुसाल र बालकृष्ण खाणले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विरोध जनाउँदै नाराबाजी गरे । उनीहरु नाराबाजी गर्दै रोष्टम घेराउमा उत्रिएपछि सभामुखले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष