NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १३ गते

महिला दिवसको पुर्वसन्ध्यामा महिला पत्रकारका समस्याबारे छलफल

काठमाडौं । नेपाल पत्रकारिता जगतमा महिला पत्रकारले काम गरेबापत पाउने पारिश्रमिक र काममा समेत भेद्भाव गरिने समस्या अझै पनि कायमै रहेको आज मकवानपुरमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्वसन्ध्यामा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) यहाँ आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा सहभागी महिला पत्रकारहरुले सबै क्षेत्रका समस्याबारे समाचार सम्प्रेषण गरिरहेको अवस्थामा महिला पत्रकारहरुकै समस्या ओझेलमा परेको गुनासो गर्दै सञ्चार गृहबाट आफूहरु पारिश्रमिक र काम सम्पादनमा भेद्भाव गरेको दुःख व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी महिला पत्रकारहरुले सबै क्षेत्रका समस्याबारे समाचार सम्प्रेषण गरिरहेको अवस्थामा महिला पत्रकारहरुकै समस्या ओझेलमा परेको गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले पत्रकारहरुको हकहितका लागि उपमहानगरपालिकाले पत्रकार बीमा, पत्रकार उपचार कोषमा सहयोगलगायत विभिन्न काम गर्दै आएको जानकारी दिइन् । आगामी दिनमा पत्रकारलाई हरेक क्षेत्रमा उपमहानगरपालिकाले समन्वय गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । विवाहित महिलाहरुको हकमा ज्यादै नै समस्या रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । मकवानपुरमा पत्रकार महासंघमा १६३ सदस्य रहेका छन् । यसमा ४० महिला पत्रकार रहेका छन् । यसबाहेक महासंघका सदस्यता नभएका अन्य पनि सक्रिय महिला पत्रकारहरु धेरै नै रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष