मंगल ग्रहबाट नासाको पर्सिभिअरन्स रोभरले पठाएका तस्बिरहरू

काठमाडौं । नासाको पर्सिभिअरन्स रोभर पृथ्वीबाट सात महिना यात्रा गरेर मंगल ग्रहमा १८ फेब्रुअरीका दिन जीएमटी २० : ५५ मा अवतरण गरेको थियो । त्यसयता अवतरण गरेको स्थान जेजेरो क्रेटरबाट उक्त रोभरले कैयौँ अद्भुत तस्बिरहरू पठाएको छ। विगतमा मंगल ग्रहमा रहेको ठानिएको सूक्ष्मजीवाणुको जीवाशेष खोजी गर्ने क्रममा पर्सिभिअरन्सले पठाएका तस्बिरबाट छानिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ जसले मंगल ग्रहको भूगर्भ, पूर्वमौसम र मंगल ग्रहको चट्टान देखाउँछन्। पर्सिभिअरन्स्मा अत्याधुनिक वैज्ञानिक उपकरणहरू जडिएका छन्। ती उपकरणले त्यहाँको भौगर्भिक बनोट, वायुमण्डल र वातावरणीय स्थितिबारे सूचना संकलन गर्नेछ। यो तस्बिर खिच्ने क्यामरा रोभरको माथिल्लो भागमा जडिएको छ। यसमा एउटा क्यामेरा पनि जडित छ जसले चट्टान र माटोको तस्बिर नजिकबाट खिच्नेछ। यो रोभरमा जडेको जूम गर्न मिल्ने क्यामेराले खिचेको पहिलो ३६० डीग्री प्यानोरामा तस्बिर हो। यो तस्बिर पृथ्वीमा आइपुगेका १४२ तस्बिर जोडेर बनाइएको हो। हावाले खियाउँदै लगेको चट्टानको तस्बिरले क्यामेरा प्रणालीले कति मिहिन विवरण आउने गरी फोटो खिच्दो रहेछ भन्ने देखाउँछ। बीबीसी नेपाली
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया