मोडलिङ छाडेर फ्रन्टलाइनर्स बनेकी यी सुन्दरी, कारण यस्तो

काठमाडौं । बाल्यकालदेखि नै मानव शरीर कसरी काम गर्छन् भन्नेबारे डेनियल्ली लुपोलाई धेरै जिज्ञासा थियो । २५ वर्षको उमेरमा पहिलोपटक कार दुर्घटनामा परेपछि उनी केही हदसम्म मानसिक पिडामा पुगिन्, त्यसपछि अरुका लागि पनि केही गर्नुपर्छ भन्ने भावना आयो । विगत १० वर्षदेखि उनी चिकित्सा क्षेत्रमा सक्रिय छिन्, यद्यपी प्लेब्बाई जस्ता म्यागेजिनमा फोेटोसुट पनि गराइरहेकै छिन् । उनी कार्डियोग्राफिक टेक्निसियन पनि हुन् । पछिल्ला १२ महिनामा उनले अमेरिकामा फ्रन्टलाईनर्सको काम गरिरहेकी छिन् । त्यसकारण उनले मोडलिङमा पहिलेजस्तो समय दिन पाएकी छैनन् । कोभिड १९ बारे लुपो भन्छिन्,‘इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो जीवनको अति चुनौतीपूर्ण र अति सम्मानित समय हो । ‘२५ लाग्दा मलाई एन्जाईटी सुरु भएको महसुस भयो, कोभिडले मेरो चिन्ता र भयलाई थप बढाएको थियो र ममार्फत नजिकका व्यक्तिहरुमा यो फैलनसक्छ भन्ने डर थियो । म पछिल्लो वर्ष दुईपटक अस्पताल भर्ना भएँ, तर मलाई कोभिड १९ भने लागेको रहेनछ, किनकी पिपिईले मलाई सुरक्षा दियो ।’ मोडलिङमा फर्कने सम्भावनालाई भने उनले अस्विकार गरेकी छैनन्, ‘म पक्कै पनि मोडलिङमा फर्कनेछु । यद्यपी, अहिले कोभिडका कारण यो भइरहेको छैन । यद्यपी, अवस्था फेरि सुरक्षित भएपछि म फर्कनेछु भन्ने लाग्छ । म फेशन, हाँसो, सिर्जना, मानिसहरु सबैलाई मिस गरिरहेको छु । यो सबै प्रेरणादायक छ ।’ यी फ्रन्टलाईनर्सले कुनै दिन साइकोलोजीमा डक्टरेट गर्ने सपना देखेकी छिन्, उनी मानसिक पिडामा परेकाहरुलाई सहयोग गर्न चाहन्छिन् । फुर्सदको समय उनी ‘उल्फ प्याक प्याक्ट फर चेन्ज’ नामक सामाजिक संगठन सञ्चालन गर्छिन्, यसले स्थानीय समाजसेवी कार्यक्रमहरुका लागि रकम संकलन गर्छ । एजेन्सीको सहयोगमा
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया