सर्वोच्चको फैसलाले अर्को संकट ल्याइदियो : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपाको आधिकारिकताको लागि आएको फैसलाले अर्को राजनीतिक संकट थपेको बताएका छन् । ११ फागुनमा प्रतिनिधिसभा पुनस्थापनापछि देश नियमित प्रक्रियामा अघि बढ्नुपर्नेमा २३ फागुनको अर्को फैसलाले राजनीतिक संकट ल्याइदिएको उनको भनाई छ । ‘प्रधानमन्त्री संविधान, लोकतन्त्र र व्यवथा नै मास्न अघि बढेपछि ११ फागुनमा सर्वोच्चले तिम्रो कदम अवैधानिक छ भन्दै फैसलाको १३ दिनभित्र संसदको बैठक नै बोलाउन आदेश दिएर राजनीतिक कोर्षलाई आफ्नै बाटोमा हिड्ने ठाउँ दिएको थियो’ पौडेलले नेपालवाचसँग भने, ‘तर, दलको आधिकारिकता माग गर्दै पुगेको दललाई न्याय दिने एउटा कुरा भयो तर, प्रवेश नै गर्न नपर्ने राजनीतिक विषयमा अदालत बोलेपछि अर्को संकट मुलुकसामू देखा परेको छ ।’ अदालतको आइतबारको फैसलापछि अन्यौलता बढेको भन्दै पौडेलले अब सावधानीपूर्व अघि बढ्नुपर्ने बताए । ‘व्यक्तिको निहीत स्वार्थको लागि व्यवस्थालाई नै धरापमा पार्ने काम भएको छ । अब यस्ता बेला सावधानीपूर्वक चल्नुपर्छ । कांग्रेसले पनि भूमिका खेल्नुपर्छ । बैठक बोलाएर एउटा धारणा हामीले पनि बनाउनुपर्छ’ पौडेलले भने, ‘बैठक बोलाउनका लागि सभापतिलाई आग्रह गर्छौ ।’ तर, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सर्वोच्चको फैसलापछि ओली र प्रचण्ड पक्षले कस्तो कदम चाल्छन् त्यस अनुसार राजनीतिक कोर्ष अगाडि बढ्ने बताए । ‘कुनै निर्णयमा पुग्नुपूर्व हामी अझै केही दिन हेर्छौ । उनीहरुको पोजिसन के हुन्छ त्यसपछि मात्रै हामी टुंगोमा पुग्ने हो’ खड्काले भने, ‘नयाँ राजनीतिक कोर्षपछि नेकपाका ओली र प्रचण्डहरुका आ–आफ्ना तयारी होलान् । सँगै पार्टी मिलाउने टोली पनि खटिएका छन् भन्ने देखिएको छ । यस्तोमा हामी अझै केही दिन हेर्छौ ।’
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया