सन्ध्या तिवारीले एमालेमा दाबी नराख्ने, ओलीलाई सहयोग गर्ने

काठमाडौं । नेकपा एमाले दर्ता गराउने सन्ध्या तिवारीले अदालतले पूर्व एमाले र माओवादी ब्युत्याउन गरेको फैसलाको स्वागत गरेकी छिन् । तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बने पनि २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको थियो । तर, एमाले र माओवादी एकता भएपछि नेकपा एमाले दर्ता गराएकी तिवारीले आफूले एमालेमा दाबी नगर्ने बताएकी हुन् । ‘समृद्ध नेपाल सुखी नेपालीका लागि जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मानि मुलुकको शान्ति सुव्यवस्था विकासका लागि हाम्रो पार्टी सम्मानित अदालतले फैसलालाई सम्मान र आगामी दिनमा निर्वाचन आयोगको निर्देशनलाई स्वीकार गरी अगाडि बढ्ने छौं । जबज जिन्दावाद !!!!!’ तिवारीले फेसबुकमा लेखकी छिन् । अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि उनले जबज जिन्दावाद भन्दै केपी ओलीतिर मिल्ने प्रष्ट संकेत दिंदै जबज जिन्दावाद भनेकी छिन् । अदालतको फैसलापछि ओलीले पनि पूर्व एमालेको बैठक बोलाउने बताइसकेका छन् । नेकपामा आन्तरिक संघर्ष बढेर जाँदा केपी ओलीले नै सन्ध्यालाई एमाले दर्ता गर्न लगाएको आरोप प्रचण्ड–माधव नेपाल समूहले लगाएको थियो । यस्तो आरोपलाई ओलीले पूरै इन्कार गर्न सकेका थिएनन् । तिवारीको एमालेलाई निर्वाचन आयोगले उदाउँदो सूर्य चिन्ह दिएको थियो । https://www.facebook.com/permalink.php?story_fbid=226191872532076&id=100054237952612
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया