NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सांसदले धामी नाच मच्चाएको भन्दै ओलीले भनेः प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले आफूलाई कुन पार्टीको प्रधानमन्त्री भनेर सोध्नेलाई सर्वोच्चमा सोध्न जान भनेका छन् । १११ औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सर्वोच्च अदालतको फैसला सुनेपनि नसुनेजस्तो गरेको भन्दै ओलीले भने ‘अब हुँदा हुँदै प्रधानमन्त्री कुन पार्टीको हो ? भन्छन्, सर्वोच्च अदालतमा सोध्न जानु ।’ आइतबार पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीको भन्दैै प्रश्न गरेका थिए । नेपाल कम्यनिष्ट पार्टीको विवाद बारे सर्वोच्चले गरेको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हुन भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउँदै उनले भनेका थिए, ‘यदि नेकपा होइन भने सभामुख महोदय, अहिलेका प्रधानमन्त्री कुन पार्टीको भन्नुपर्यो अध्यादेश ल्याउनुअघि । प्रधानमन्त्रीले कुन पार्टिको प्रतिनिधित्व गर्नुहुन्छ, त्यो कुन सरकारको भन्ने कुरा स्पष्ट हुनुपर्यो ।’ ओलीले यस्तै किसिमका व्यक्तिहरूले समस्या पैदा गरेको पनि बताएका छन् । ‘संसद पुनस्थापना नभएको भए यतिबेला चुनावमा जान्थ्यो । त्यसलाई रोकियो,’ ओलीले भने, ‘संसद पुनस्थापना भयो ठीक छ । पुनस्थापित संसदलाई जनताको समस्यालाई छलफल गर्ने थलो बनाऔं । छलफल गर्दा माननीय लेखिएजस्तै माननीयले बोल्ने भाषाले बोलेर छलफल गरौं ।’ पहिलो औपचारिक बैठकमा सांसदहरुले धामी नाच मच्चाएको आरोप पनि उनले लगाए । ‘बल्ल बैठक सुरु भएको छ । आएर नारा लगाएका छन् । के बिग्रियो त ? भन्दा, एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्र्न लाग्यो । सकिन्छ भने फेल गरे भैगो नि । फेल गर्ने आँट कसैको छ ?’ फेल गर्ने आँट नभएपछि यस्तो विरोध गरेको उनले बताए ।