प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा सुरू

काठमाडौं । विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रचण्ड–माधव नेपाल समूहको स्थायी समितिको बैठक सुरू भएको छ । सर्वोच्च अदालतले आइतबार एमाले र माओवादीलाई ब्युँत्याइदिएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न कोटेश्वरस्थित पेरिसडाँडामा स्थायी समितिको बैठक सुरू भएको हो । बैठक अघि माधव नेपाल समूहले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । प्रचण्ड–नेपाल समूहले आइतबार नै कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । सर्वोच्चले नेकपा दलको आधिकारिकता ऋषि कट्टेललाई दिंदै एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओलीले एमालेको बैठक बोलाउने तयारी गरिसकेका छन् ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया