NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कोमल वलीले भोलि रघुजी पन्तविरुद्ध मुद्दा हाल्ने

काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा नेकपाकी केन्द्रीय सदस्य कोमल वलीले प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तका विरुद्ध मुद्दा दायर गर्ने भएकी छिन् । मंगरबार जिल्ला अदालत काठमाडौंमा पन्तका विरुद्ध गाली बेइज्जती र मानहानीको मुद्दा दायर गर्न लागेको वलीले जानकारी दिइन् । पन्तले केही दिनअघि भाषणका क्रममा नेतृ वलीलाई पिडुँला देखाएर सांसद भएको आरोप लगाएका थिए । सामाखुसीमा पूर्व एमालेको भेलालाई सम्बोधन गर्दै नेता पन्तले राजनीतिमा लामो समय संघर्ष गरेका महिलाहरूले कुनै पद नपाएको तर कोमल वलीले भने छोटो समयमै ठूला पद पाएको टिप्पणी गरेका थिए । ‘महिलाहरू अहिले केपीतिर लागेका छन् । २० औं वर्ष विवाह नै नगरी यो पार्टीमा बसेका महिलाहरू छन् । तर उनीहरूले टिकट पाएनन् । तिनले राष्ट्रियसभा पाएनन्’, पन्तले उक्त कार्यक्रममा भनेका थिए, ‘वलीले भने सारी सर्काएर गोरा पिंडुला देखाएको भरमा सांसद पाइन् । कपाल फुलेर चाउरी परेका बुढाबुढी कमरेडहरू न एकचोटी राष्ट्रिय सभाको सांसद बन्न् पाएका छन् न केन्द्रीय कमिटीको सदस्य । उनी राष्ट्रिय सभा सदस्य पनि भइन् अहिले केन्दिूय कमिटीको सदस्य पनि भइन् ।’ पन्तको यो अभिव्यक्तिबारे सामाजिक सञ्चालमा चर्को विरोध भएपछि उनले वलीसँग माफी पनि मागेका थिए । तर माफीमै नअडिने भन्दै वलीले कानुनी कदम नै चाल्ने निर्णय गरेकी हुन् ।