अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ भदौ १८ बाट हल–हलमा

काठमाडौं । नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ आगामी भदौ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै आगामी तीजको छेको पारेर यसको प्रदर्शन मिति तय गरिएको हो । चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा । छेतेन गुरुङको पटकथा तथा संवाद छ । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । निर्माणपक्षले चलचित्रलाई यही वर्षको दसैंमा रिलिज गर्ने तयारी गरे पनि कोरोना भाइरसको महामाीका कारण चलचित्रको प्रर्दशन रोकिएको थियो । चलचित्रका केही सिनहरु छायांकन गर्न बाँकी रहेका छन् । बाँकी छायांकन फागुन २७ गतेबाट सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया