NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तीन अर्ब ४५ करोड मुद्दतीमा राख्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएकाे छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको साे रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ। बैंकले सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ। बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न लागेकाे हो। केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई १७ करोड २५ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ७६ करोड लगानी गरिने भएकाे हाे।