NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

छापामा आज : भारतमा संक्रमण उच्च, सीमामा सतर्कता न्यून, फेरि हाेला लकडाउन?

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले फरकफरक विषयलाई प्राथमिकता दिएका छन्। नयाँ पत्रिकाले ‘(११चैतः लकडाउनको स्मृति) : भारतमा संक्रमण उच्च, सीमामा सतर्कता न्यून’ शीर्षकमा मुख्य समाचार छापेको छ। समाचारमा भनिएको छ, भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएकाले नेपाल फेरि झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलामा संक्रमण उच्च गतिमा बढेको छ । दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ । अन्नपूर्ण पोस्टले ‘फेरि होला लकडाउन?’ शीर्षकमा मुख्य समाचार छापेको छ। समाचारमा भनिएको छ, ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’ कान्तिपुरले ‘टर्दै वैकल्पिक सरकार’ शीर्षकको समाचारलाईृ प्राथमिकताका साथ छापेको छ। ‘जसपालाई फकाउँदै प्रधानमन्त्री ओली,कांग्रेस सभापति देउवा भन्छन्, ‘अविश्वासको प्रस्ताव पनि ल्याउँदैनौँ, सरकारमा नि जाँदैनौँ’ हाइलाइट दिइएको समाचारमा भनिएको छ, ‘प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काललाई टरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्तासमीकरणका विषयमा अनिर्णीत छ।’ गोरखापत्रले ‘लकडाउनको एक वर्ष, कोरोना सङ्क्रमणको चुनौती यथावत्’ शीर्षकमा समाचार छापेको छ। जसमा भनिएको छ, ‘लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर आएको अनुमान लगाउन थालिएको छ । दैनिक ५०-५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा सङ्क्रमण बढ्न सक्ने देखाएको छ ।