NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

फरार अभियुक्त सात वर्षपछि पक्राउ

बाँकेमा दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि पक्राउ परेका छन्। नरैनापुर गाउँपालिका–२ की २३ वर्षीया बुहारी रिहाना ढपालीलाई दाइजोको निहुँमा आगो लगाउने ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली सात वर्षपछि पक्राउ परेका हुन्। हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए। उक्त घटनापछि लामो समयसम्म फरार रहेका उनीहरू नरैनापुर–१ सुइयास्थित एक घरमा रहेको सूचनाका आधारमा ससुरालाई पक्राउ गर्न प्रहरी सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। घटनामा संलग्न रिहानाका श्रीमान् र सासू भने फरार रहेका छन्।