NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

क्वारेन्टाइन र आइसोलेसन तयार राख्‍न निर्देशन, सीमामा कडाइ

भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा उछाल आएसँगै नेपालले सीमा नाकामा कडाइ गरेको छ। गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षाकर्मीमार्फत सीमा नाकामा आवतजावतमा कडाइ मात्र गरेका छैनन्, सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत चेतावनी दिइएको छ। कतिपय जिल्लामा होली पर्वको अवसरमा भीडभाड नगर्न भनिएको छ। मंगलबार मात्र कञ्चनपुरस्थित गड्डाचौकीबाट भित्रिन लागेका कञ्चनपुरको पुनर्बासका १९ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थिया। कैलालीको गौरीफन्टा नाकाबाट भित्रिन लागेका पाँच जनामा पनि एन्टिजेन पोजिटिभ देखिएको छ। सरकारी अधिकारीहरुका अनुसार वीरगन्जमा २० जनामा संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाउने निर्णय गरिसकेको छ भने भैरहवा प्रशासनले बेलहिया नाकामा हेल्थ डेस्क स्थापना गरेको छ। बाँके प्रशासन र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर प्रशासनले पनि भारतबाट आएका नेपालीमा संक्रमण देखिएपछि सरकारले नाकामा कडाइ गर्न थालेका छन्। नेपालमा पनि कोरोना संक्रमण तेहेरो अंकमा पुगेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाइृ परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ। संघमा कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र जिल्लामा जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) फेरि सक्रिय बनेका छन्। गृहले यसअघि बनाइएका क्वारेन्टाइन र आइसोलेसनको विवरण पठाउन भनेको छ। साथै ती संरचना तयारी अवस्थामा राख्न समेत निर्देशन दिइएको छ। नेपालमा गत वर्ष चैत ११ गते लकडाउन भएको थियो। उक्त लकडाउन साउनसम्म लम्बिएको थियो। तर, फेरि कोरोनाको लहर आएको भन्दै सचेतना अपनाउन थालिएको छ।