NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘धन्न! नेपालमा अमेरिका, इटालीजस्तो भएन’

काठमाडौं: सरकारले नेपालमा कोरोना संक्रमणको दोस्रो केस पुष्टि भएपछि गत वर्ष ११ चैतबाट लकडाउनको घोषणा गरेको थियो । चीनको वुहान शहरबाट फैलिएको कोरोनाले महामारीको रुप लिएसँगै नेपाल सरकारले पनि संक्रमणलाई फैलिन नदिन नेपालमा दोस्रो कोरोना संक्रमणको केस पुष्टि भएपछि लकडाउनको घोषणा गरेको थियो । लकडाउनको समयमा सर्वसाधारण त बन्द घरमा थिए । तर, चिकित्सकिय पेशामा संलग्न भएकाहरूलाई भने झन् काम थपिएको थियो ।विश्वभर नै महामारीको रुप लिइरहेको कोरोना भाइरस नेपाल मात्रै नभएर सबैको लागि नयाँ भाइरस थियो । यसअघि पनि कोरोना भाइरस देखिए पनि गत वर्ष चीनबाट फैलिएको भाइरस बेग्लै प्रजातिको थियो, जसकारण परीक्षणदेखि यसको खोपको लागि के कस्ता उपायहरू हुनसक्छन् भन्नेमा पूरै दुनियाँ अन्योलमा थियो । चैत ११ गतेबाट सुरु भएको लकडाउनको औपचारिक अन्त्य सरकारले ०६ साउनमा गर्यो । चैतदेखि साउनसम्म स्वास्थ्यसँगै सामाजिक, राजनैतिक तथा आर्थिक क्षेत्रमा विभिन्न उथल पुथल भयो । कोरोना जस्तो आर्थिक, सामाजिक, राजनीतिक उथल पुथल अरु महामारीले ल्याएको अभुनव भएको थिएन । अरु सरुवा रोग हुँदा यस्तो कहिल्यै भएको थिएन । मैले दुई दशकमा यस्तो कहिल्यै देखेको थिइन अर्थतन्त्रलाई कमजोर बनाउनेदेखि राजनैतिक मुद्दाको रुपमा कोरोना भाइरसलाई स्थापित गरियो । अहिले भ्याक्सिनको वितरणलाई पनि राजनैतिक मुद्दाको रुपमा विभिन्न देशहरूले विकास गरिरहेका छन् । विभिन्न संक्रामक रोगका बारेमा दुई दशकभन्दा बढि अभुनव बटुलेका डा. शेरबहादुर पुनले कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा ल्याएको उथलपुथल विगतमा अनुभव गरेका थिएनन् । उनी भन्छन्, ‘थुप्रै सरुवा रोग देखियो । तर, यसरी सामाजिक, राजनीतिक, आर्थिक उथल पुथल ल्याउने यो नै पहिलो थियो ।’ डा. शेरबहादुर पुन सरुवा रोगसम्बन्धी देशकै प्रमुख अस्पतालमा कार्यरत छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालमा कार्यरत उनी कोरोना कालभर नै सरकारसँगको छलफलदेखि अस्पतालमा आउने बिरामीलाई परामर्श दिनमा व्यस्त थिए । पुन लामो समयदेखि नेपालमा फैलिएका सरुवा रोगसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा उपचारमा प्रत्यक्ष संलग्न भएको लामो समय भइसकेको छ । उनको अनुभवमा डेंगु, हैजादेखि अन्य विभिन्न रोगहरू छन् । तर, कोरोना भाइरसजस्तो समाजका हरेक तत्वलाई असर अन्य सरुवा रोगहरूले पारेका थिएनन् । ‘अरु रोगले स्वास्थ्य प्रणाली र मानिसको स्वास्थ्यमा असर गरेको थियो,’ पुन आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘तर, कोरोना जस्तो आर्थिक, सामाजिक, राजनीतिक उथल पुथल अरु महामारीले ल्याएको अभुनव भएको थिएन । अरु सरुवा रोग हुँदा यस्तो कहिल्यै भएको थिएन । मैले दुई दशकमा यस्तो कहिल्यै देखेको थिइन ।’ नेपालमा पहिलो कोरोना केस पुष्टि हुँदा छुटेको त्यो सुस्केरा सरकारले लकडाउन गर्नुअघि बाटै पुन कोरोनाको बारेमा विभिन्न अध्ययन अनुसन्धानमा लागेका थिए । नेपालमा देखिएको पहिलो कोरोना संक्रमणको केससँग पनि उनले प्रत्यक्ष रहेर काम गरेका थिए । वुहानबाट कोरोना फैलिएदेखि नै पुन कोरोनाबारे विभिन्न अध्ययन अनुसन्धान गर्न थालेका थिए । चिकित्सकिय जिम्मेवारीसँगै समय–समयमा विभिन्न पत्रपत्रिकामा स्वास्थ्यसम्बन्धी लेख लेखिरहने भएकाले पनि उनको लागि यो अनिवार्य थियो । महामारीको प्रकोप बड्दै गएपछि नेपालमा पहिलोपटक एक युवक आएका थिए, कोरोना परीक्षणका लागि । ‘हामीले उसँग कुराकानी गर्दा यत्तिकै कुराकानी गरिरहेका थियौं । पीपीई लगाउने त कुरै थिएन । मैले छुट्टै दुई घण्टा कुरा गरेको थिएँ उसँग,’ पुन सम्झिन्छन्, ‘उसको लक्षण विस्तारै सुधार हुँदै गएको थियो । उसको स्वाब परीक्षण गर्न पठाइएको थियो । पुष्टि भएको खबर पाउँदा लामो श्वास तानेको थिएँ ।’ केस पुष्टि भएको थाहा पाउँदा अस्पतालबाट घर पुगेर आराम गरिरहेका थिए पुन । त्यो क्षण सम्झिदैं उनी भन्छन्, ‘कोरोना पुष्टि भएको थाहा पाउँदा खै कसरी लामो श्वास फेरेँ । डरले त होइन । तर, मनको कुनै कुनामा रहेको अवचेतन त्रासले सुस्केरा हाल्न बाध्य बनाएको थियो ।’ अहिले ल्याबमा पनि केही हलुका भएको छ,’ डा. झा भन्छिन्, ‘टेष्टहरू पहिलेको तुलनामा केही कम पनि भएका छन् । तर, कोभिड नेपालमा आएको बेला जति जोखिम, जति चुनौती थियो, त्यो अहिले कल्पना गर्नसक्नेभन्दा धेरै थियो । पहिलो केसमा आफूलाई महशुस भएको त्यो सुस्केरा अझैं याद छ पुनलाई । त्यसपछि भने कोरोना महामारीलाई पनि अन्य महामारी कै रुपमा लिएर उनले अध्ययन अनुसन्धान र यसको उपचारमा संलग्न हुन थालेको सुनाउँछन् । उनी भन्छन्, ‘पहिलोपटक त्यो सुस्केरा हालेपछि त कहिल्यै त्यस्तो भएन । आफूले अध्ययन अनुसन्धान गरिरहेकाले पनि यसबारेमा धेरै कुरा बुझियो । आत्मबल पनि बढेको थियो ।’ ‘जोखिमसँग जुँधेर यो समय पार गरियो’ कोरोना महामारी फैलिएको बेला आफ्नो घरपरिवारभन्दा टाढा रहेर राष्ट्रिय प्रयोगशालामा निरन्तर खटिएकी थिइन् प्रयोगशालाकी प्रमुख डा. रुना झा । कोभिड कालभरमा उनले आफ्नो परिवार, सन्तानसँग टाढा भएर काम मात्रै गरिनन्, जोखिमको बेला आफ्ना सहकर्मीको मनोबललाई गिर्न नदिने जिम्मेवारी पनि उनलाई नै थियो । ‘यो महामारी हाम्रो लागि चुनौतीपूर्ण थियो,’ उनी भन्छिन्, ‘यो यस्तो समय थियो कि यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । चुनौतीले भरिएको त्यो समयलाई पार गरेर अहिले यहाँसम्म आइपुगिएको छ । फर्किएर हेर्दा त्यो बेला भयंकर लाग्छ ।’ सर्वसाधारण आफ्नो घरभित्र बसेर सुरक्षित भएजस्तो सजिलो थिएन फ्रन्टलाइनमा हुनेहरूलाई । उनीहरूले सुरक्षित त हुनु नै थियो, सँगै कोरोनासँग प्रत्यक्ष सरोकार राख्ने काममा खट्नु पनि थियो । जति सुरक्षित हुन खोजे पनि जोखिम उत्तिकै हुने । ‘अहिले ल्याबमा पनि केही हलुका भएको छ,’ डा. झा भन्छिन्, ‘टेष्टहरू पहिलेको तुलनामा केही कम पनि भएका छन् । तर, कोभिड नेपालमा आएको बेला जति जोखिम, जति चुनौती थियो, त्यो अहिले कल्पना गर्नसक्नेभन्दा धेरै थियो ।’ देशकै ठूलो प्रयोगशाला भएकाले टेकुस्थित राष्ट्रिय प्रयोगशालामा सबैतिरबाट स्वाब परीक्षणलाई आउँथे । सरकारले विस्तारै विभिन्न ठाउँमा पिसिआर परीक्षणका लागि पूर्वाधार विकास गरिरहेको थियो । तर, सुरुवातमा सबैतिरबाट आउने स्वाबको भार एउटै प्रयोगशालाले थेग्नुपर्ने थियो । डा. झाले पहिलोपटक परिवारभन्दा टाढा बसेर काम गरिरहेकी थिइन् । ज्यानको जोखिम त थियो नै तर, चिकित्सक भएकाले चिकित्सकिय काम राम्रोसँग नहोला भन्ने अर्को डर थियो । कतै स्वाब परीक्षणमा गल्ती भएकामा त्यसले परिणाम पनि उस्तै विकराल ल्याउँथ्यो । ‘हामीे त्यो बेला जतिबेलै ल्याबमा परीक्षणको काममा खटिरहेका हुन्थ्यौं । काम नहोला भन्ने डर पनि थियो,’ डा. झा आफ्नो अनुभव सुनाउँछिन्, ‘अहिले विस्तारै आफ्नो नियमित काममा फर्किएका छौं । फेरि यस्तो अवस्था नआओस भन्ने कामना छ । यो काम गर्ने मौका पनि थियो । तर, यो समय अब फेरि नआओस भन्ने कामना छ ।’ ‘धन्न! नेपालमा अमेरिका, इटली जस्तो भएन’ नेपालमा कोरोना महामारीको सुरुवात भएपछि विभिन्न टिका टिप्पणी भएका थिए । उदयपुर, बाँकेलगायतका ठाउँमा कोभिड महामारी फैलिदाँ धेरैले आशंका गरेका थिए– धेरै मानविय क्षति हुन्छ । तर, त्यस्तो भएन । कोभिड महामारीमा सर्वसाधारणमा निकै जनचेतना फैलाएका जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डे कोरोना काल सम्झिदैं भन्छन्, ‘अन्य देशमा जे जस्तो क्षति भयो । हामीले त्यो भोग्नु परेन । महामारीको बेला यो एउटा महत्वपूर्ण अनुभव थियो मेरो ।’ नेपालमा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेपछि आम सर्वसाधारणमा झन धेरै त्रास थपिएको थियो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा फेक न्यूज फैलिरहेका थिए । आम जनमानसमा यो रोग लाग्नेबित्तिकै मृत्यु पो हुने हो कि भन्ने डर पैदा भएको थियो । त्यो बेला सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउनमा सक्रिय थिए पाण्डे । पाण्डेले कोरोना महामारी पहिलोपटक देखिएसँगै यसबारेमा जानकारी मुलक लेख लेख्ने, सञ्चारमाध्यममा कुराकानी गर्ने लगायतका काममा सक्रिय भएका थिए । सरकारले कोरोना महामारीबारे छलफल गर्दाको टोलीमासमेत रहेका पाण्डे लकडाउनको अवधिमा सरकारले हतारिएर लकडाउन गरेको अनुभव बटुलेका छन् । चैत ११ मा दोस्रो केस भेटिदाँ सरकारले लकडाउनको गरेको थियो । तर, दोस्रो केस देखिँदैमा लकडाउन गर्नु नपर्ने अनुभव भएको पाण्डे बताउँछन् । उनी भन्छन्, ‘दोस्रो केस भेटिँदैमा लकडाउन गनुपर्ने रहेनछ । हामीले अलि हतारिएर चाडै लकडाउन गर्यौं ।’ दुई जना संक्रमित हुँदा सरकारले गरेको लकडाउन १८ हजार संक्रमित हुँदा खोलियो । त्यसपछि आम मानिस पनि फुक्का फाल हिँड्न थाले । चाडपर्व नजिक भएकाले लामो दूरीका सवारी सञ्चालन हुन थाल्यो । ‘भिडभाड नगर्नु’ भन्ने सरकारको निर्देशनलाई पालना गर्नसक्ने अवस्थासम्म थिएन, त्यो बेला । ‘हामीले धेरै लामो लकडाउन गरेको अनुभव गर्छु म,’ पाण्डे भन्छन्, ‘दुई जना हुँदा गरिएको लकडाउन १८ हजार जना हुँदा फुकाइयो । सरकारले पूर्व तयारी बिना लकडाउन यो लामो पनि भयो । लामो लकडाउनले अन्य क्षेत्रमा पनि उत्तिकै असर गर्यो ।’ पाण्डेले यो महामारीको समयमा सरकारले चालेको कदमले पूर्व तयारी आवश्यक भएको अनुभव गरेका छन् । सँगै कोरोनाजस्तै अन्य महामारी वा यसकै दोस्रो लहर नेपालमा आएमा तत्कालै लकडाउन गर्नुभन्दा यसको विकल्प खोज्नुपर्ने बताउँछन् पाण्डे । उनी भन्छन्, ‘लकडाउन गर्नुअघि पूर्व तयारी थिएन । हामीले भारतमा नेपालीहरूलाई देश फर्किन समय दिएर लकडाउनको घोषणा गर्नुपथ्र्यो । तर, त्यो गल्ती पनि हामीबाट भयो ।’ पाण्डेले सरकारले समय दिएको भए सर्वसाधारणहरू संक्रमित हुनअघि नै भारतबाट नेपाल वा राजधानीबाट आफ्नो गाउँ जाने र कोभिडको फैलावट थप कम हुने अनुभव गरेका छन् । याे पनि पढ्नुहाेस्: छोराको कौतुहलताले जन्मिएको एग्री नेपाल कौसी खेती कोरोना कहरमा झन् बदनाम राजनीति