NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । प्रदेश सभामा रहेको उनीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव नेपाल समूह सहमत भएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए । अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको र सोही विषयमा जानकारी गराउन दुई जना सांसद बैठकमा गएको उनले बताए । प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।