NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

के रुघाखोकी लाग्दा कोरोना संक्रमण हुँदैन ?

लण्डनः एउटै दापमा दुई तरवार रहन सक्दैनन् । अर्थात् जसले जित्यो उही सिंकन्दर । यस्तै यसकारण भनिन्छ कि, ग्लासगो विश्जविद्यालयको एक रिसर्च अनुसार शरीरमा यदि सामान्य रुघाखोकी लगाउने भाइरस अर्थात राइनोभाइसर सक्रिय भएकाले बेला कोरोना भाइसले कुनै क्षति गर्न नसक्ने पाइएको छ । ब्रिटेनको ग्लासगो विश्वविद्यालयको सोध अनुसार राइनोभाइरसले कोरोना भाइरसको प्रतिरुप बनाउनबाट रोक्ने काम गर्दछ । किनकी दुवै एकै प्रकृतिका भाइरस हुन् । यद्यपी दुवै भाइरबीच भीषण युद्ध हुन्छ । जो बलियो हुन्छ उसैले मानवीय शरीरमा कब्जा जमाउँछ । तर, कोरोना भाइरसभन्दा राइनोभाइरस बलियो भएको पत्ता लागेको छ । राइनो भाइरसले कोरोना भाइरसको प्रसार बन्द गर्ने भएकाले मानविय शरीरमा कुनै प्रभाव पार्न नसक्ने अध्ययनको निष्कर्ष छ । विश्वविद्यालयको सेन्टर फर भाइरस रिसर्चका वैज्ञानिकको नयाँ अध्ययनलाई जर्नल अफ इन्फेक्सियस डिजिजमा प्रकाशित गरिएको छ । यसलाई ग्लासगो विश्वविद्यालयले आफ्नो ट्वीटर ह्याण्डलमा पनि साझा गरेको छ । साथै ग्राफका माध्यमबाट यसलाई बुझाउने कोशिस पनि गरिएको छ । कसरी राइनो भाइरस कोरोना भाइरसलाई रोकिाख्नमा सक्षम देखिन्छ भन्ने ग्राफमा बुझाइएको छ । यस अध्ययनका लागि वैज्ञानिकले रेस्पिरेटरी ट्रयाक्टको रेप्लिका बनाए । त्यसपछि यसमा कोरोना भाइरस र राइनो भाइरसलाई एकैसाथ छाडेका थिए । त्यसपछि आएको नतिजाबाट वैज्ञानिक हैरान भएका छन् । वैज्ञानिकले राइनो भाइरसले कोरोना भाइरसलाई रेस्पिरेटरी ट्रयाक्टमा छिर्न पनि नदिएको पाइयो । अध्ययनको सुरुवाती २४ ण्टासम्म राइनो भाइरस पूरै तरिकाले भारी परेको थियो । यसले कोरोना भाइरसको बृद्धि मात्रै रोकेन कि, आफूलाई तिव्र गतिमा बलियो पनि बनाउँदै गयो । यद्यपी अहिलेसम्म राइनो भायरसको संक्रमण भएको बेला कोरोना संक्रमित भएको हो वा होइने भन्ने पुष्टि भने भएको छैन । राइनो भाइरस सकिएपछि भने कोरोनाले आक्रमण गर्न सक्ने जोखिम पनि देखिएको छ । वैज्ञानिकले कोरोनाबाट बच्नका लागि भ्याक्सिन नै आवश्यक रहेको बताएका छन् । नत्र जिन्दगी खतरामा पर्नसक्ने वैज्ञानिकले चेतावनी दिएका छन् । एजेन्सी