NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एमाले पार्टी कार्यालय अब थापाथलीमा

काठमाडाैँ । नेकपा एमालेको पार्टी कार्यालय सर्ने भएको छ । आगामी बैशाख १ गतेदेखि थापाथलीमा सर्ने भएको हो । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो । उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो । तर उक्त भवनमा डेढ वर्षको सम्झौता बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो ।