NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आजदेखि पठाओको सेवा नियमित

दुई दिन रोकिएको पठाओको सेवा आजदेखि पुनः नियमित हुने भएको छ । पठाओ नेपालले प्राविधिक कारणले सेवा रोकिएको भन्दै छिट्टै सेवा सुरु हुने दाबी गरेको छ । मोटरसाइकल राइडरहरु हिँड्ने बाटो राउटिङमा समस्या भएकाले सेवा अबरुद्ध भएको र बुधबार दिउँसोसम्म सेवा सुचारु हुने पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले बताए । पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको उनले दाबी गरे । मोटरसाइकल राइडर यात्रु बोकेर जाने र फर्कने बाटो देखाउने प्रणाली (राउटिङ) मा देखिएको समस्या अहिले अपडेट भइरहेको उनको भनाइ छ । अरु कुनै कारणबाट सेवा नरोकिएको भन्दै उनले ग्राहकमा पर्न गएको असुविधाप्रति पठोओ दुःखी रहेको बताए । पठाओ राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी ट्राफिक प्रहरीले राइडरहरुलाई कम्पनीको ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाएको थियो ।