NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रतिबन्ध फुकुवापछि पनि पक्राउ परे चन्द समूहका कार्यकर्ता

काठमाडौं । प्रतिबन्ध फुकुवा गरिसके पनि सरकारले नेत्र विक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रम जारी राखेको छ । चन्द समूहको ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बू (सक्कल) लाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हातहतियार तथा खरखजना मुद्दाको सिलसिलामा चैत १२ को साँझमा लिम्बूलाई ताप्लेजुङको फुङलिङबाट पक्राउ गरेको चन्द समूहको मेची-कोसी ब्युरोले जनाएको छ । ब्युरो इन्चार्ज प्रकाशले जारी गरेको विज्ञप्तिमा सरकारले ३ बुँदे सहमति गरेपनि सोअनुसार नचलेको भन्दै सरकारको इमान्दारीतामाथि प्रश्न उठाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ विभिन्न कानुनी जटिलताहरु रहेको र तिनलाई सुल्झाउन समय लागेको हुनाले जेलमा रहेका बन्दीहरुलाई सहयमै रिहा गर्न नसकिएको बताइरहेको सरकारले यसरी हाम्रो पार्टीका कमरेडहरुलाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था पैदा गरेको छ ।’ सरकारले गत फागुन २१ मा चन्द समूहसँग ३ बुँदे सहमति गरेको थियो । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र चन्दको उपस्थितिमा उक्त सहमति भएको थियो । सहमति पत्रमा प्रतिबन्ध फुकुवा गर्ने, पार्टीका नेता तथा कार्यकर्तामाथि लागेका सबै मुद्दा खारेज गर्ने र जेलमा रहेका सबैलाई रिहा गर्ने उल्लेख छ । ताप्लेजुङ प्रहरी प्रवक्ता मोहन पोखरेलले भने लिम्बूलाई अदालतमा उपस्थित गराउन जारी भइसकेकोले सोहीअनुसार पक्राउ गरिएको बताएका छन् । ‘चन्द समूहमाथि प्रतिबन्ध रहेकै बेला लिम्बूमाथि लागेको विस्फोटक पदार्थसम्मन्धी मुद्दामा अदालतले म्याद तामेल गरेर उपस्थित गराउनू भनेपछि उनलाई पक्राउ गरेका हौं, यो नयाँ मुद्दा भने होइन,’ उनले भने । हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो । चन्द समूहको विज्ञप्ति :