NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रेशम चौधरीलाई भेट्न महेश बस्नेत डिल्लिबजार कारागारमा

काठमाडौं । कैलाली टीकापुरको थारुहट आन्दोलनमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई नेकपा एमालेका सांसद महेश बस्नेतले कारागारमै पुगेर भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको समर्थन जुटाउने प्रयास गरिरहेकै बेला बस्नेतले चौधरीलाई डिल्लीबजार कारागारमै पुगेर भेटेका हुन् । सरकारमा जान जसपाले चौधरीलगायत जेलमा रहेका नेता-कार्यकर्ता रिहाइ हुनुपर्ने प्रमुख सर्त राखेको छ । प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका नेता बस्नेत चौधरीलाई भेट्न कारगार जानुलाई विशेष अर्थमा हेरिएको छ । गृहमन्त्री राम बहादुर थापाले बिहीबार मात्रै माइतीघरमा आयोजित चौधरीको रिहाइको माग गर्दै गरिएको धर्ना कार्यक्रममा पुगेर छलफल गरेका थिए । तर, जसपाभित्रै पनि ओलीलाई समर्थन दिने विषयमा एकमत छैन । बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतको समूह ओलीको समर्थनमा नजाने र उनलाई सत्ताबाट बर्खास्त गर्नैपर्ने अडान राखिरहेका छन् भने महन्थ ठाकुर पक्षले भने ओलीको सत्तामा सामेल हुने छनक देखाइरहेको छ ।