NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

झलनाथको नेतृत्वमा एमाले संसदीय दलको बैठकमा नेपाल समूह बालुवाटारमा

काठमाडौं । झलनाथ खनालको नेतृत्वमा एमालेको माधव–खनाल समूह एमाले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार जाने भएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको दल बैठकमा खनाल नेतृत्वमा आफ्नो तर्फका सबै सांसदहरु सहभागी हुने निर्णय सो समूहको बैठकले गरेको हो । तर, यस अघि ओलीले स्प्ष्टीकरण सोधेका चार नेताहरु माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेहरु पनि बैठकमा नजाने भएका छन् । ‘एमालेको संसदीय दल बैठक बालुवाटारमा नभई सिंहदरबारमा बस्नुपथ्र्यो । तर, हामी आजचाँहि बालुवाटारमा बैठक बसे पनि जान्छौं’ खनालले भने, ‘हाम्रो असहमति पनि राख्छौं ।’ यस अघि स्पष्टीकरणमा परेका नेता सुरेन्द्र पाण्डेले आफ्नो असहमति राखेर फर्किने बताए । नेपाल–खनाल समूहले पोलिटब्यूरो, स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने तयारी गरेका छन् । यस अघि आफ्नो पक्षलाई गरिएको कारवाही फिर्ता हुनुपर्ने र पूर्व एमालेको हैसियतमा पार्टी चलाउनुपर्ने उनीहरुको मत छ । ३ बजे संसदीय दलकाे बैठक बाेलाइएकाे छ ।