NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बालुवाटारमा बसेको एमाले संसदीय दल बैठकबाट बाहिरिए झलनाथ खनाल

काठमाडौं । माधव नेपाल र भीम रावलबाहेकका सो पक्षका सबे सांसदहरु एमालेले बोलाएको संसदीय दलको बैठकमा सहभागी भए पनि केहीबेर मात्रै बसेर नेता झलनाथ खनाल बाहिरिएका छन् । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकपछि नेपाल र रावलबाहेकका नेताहरु प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए । एमालेमै रहेर पार्टीलाई सुधार गर्ने निर्णय गदै उनीहरु आफ्ना असहमति राखेर फर्किने निर्णय गरेका थिए ।