NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेसले पार्टी हाँक्ने नेता गुमायो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् । स्वर्गीय जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले कांग्रेसले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताए । फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिलेही पनि संकटमा नरहेको ठोकुवा गरे । पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि उनले आग्रह गरे । ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउदै गएका छौ’ देउवाले भने, ‘पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’ कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । स्वर्गीय जोशीले थालेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिए ।