NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेसभित्र कुनै संंकट छैन : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीभित्र कुनै संकट नरहेको बताएका छन् । नवीन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथीमा सभापति देउवाले पार्टीमा विवाद र संकट नरहेको बताएका हुन् । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिले पनि संकटमा नरहेको ठोकुवा गरे । पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि उनले आग्रह गरे । ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउदै गएका छौ’ देउवाले भने, ‘पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’