NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गोठमा आगलागी हुँदा दाजु–बहिनीको जलेर मृत्यु

काठमाडौं । घरछेउको गोठमा आगलागी हुँदा प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । आगलागीका क्रममा तत्कालै उद्धार हुन नसक्दा रिमबहादुर रानाका सात वर्षीय छोरा हिमाल राना र २ वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका क्रममा गोठमा भएका सबै गाईवस्तु छिमेकीसहित गाउँलेको पहलमा भगाउनसके पनि ती बालबालिकालाई बचाउन नसक्दा आगाले क्षति पुर्याएको हो । बुबा रिमबहादुर पोखरामा काम गर्नका लागि गएका र आमा घाँस काट्न गएको समयमा घटना भएको स्थानीयबासिको भनाइ छ । घरदेखि केही टाढा रहेको गोठमा आगो बाल्ने क्रममा आगलागी भएको र उनीहरुको सबै जलेको अवस्थामा फेला परेको लिवासे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक हरि गुरुङले जानकारी दिए । गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले घरमा बुवा-आमा नभएको समयमा आगलागी भएको र बच्चा भाग्न नसकेर नै जलेर यस्तो दुःखद घटना हुन पुगेको भन्दै पीडित परिवारलाई आवश्यक सहयोग गरिने बताएका छन् ।