NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

धर्म परिवर्तन सधैंका लागि अन्त्य गरिनुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनतालाई बलजफ्ती धर्म परिर्वतन गराउने कार्य सधैंका लागि अन्त्य हुनुपर्ने बताएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले देशको सर्वाङ्गीण विकासका लागि भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद सधैंका लागि अन्त्य हुनुपर्ने उद्घोष गरे । यसका लागि मुलुकमा राष्ट्रवादी शक्तिहरु दलगत स्वार्थ त्यागेर एकढिक्का हुनुपर्ने बेला आएको धारणा राखे । उनले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सवद्र्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी गरे । ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकको राष्ट्रिय हित हुँदैन । प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको छ,’ थापाले भने । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित वडा तहदेखि जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको राप्रपा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।