NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राष्ट्रिय सूचना–प्रविधि केन्दमा १३ जनालाई जागीरको अवसर

काठमाडौँ । राष्ट्रिय सूचना तथा प्रविधि केन्द्र, सिंहदरबारले १३ जना कर्मचारी माग गरेको छ । करार सेवामा विभिन्न श्रेणीका १३ जना कर्मचारी माग गरेको हो । केन्द्रले एक जना सूचना प्रविधि निर्देशक, चार जना कम्प्यूटर इञ्जिनियर, एक जना इलेक्ट्रिकल इञ्जिनियर, दुई जना सिस्टम एडमिनिस्ट्रेटर, एक जना इलेक्ट्रिकल टेक्निसियन र दुई जना कम्प्युटर टेक्निसियन गरी १३ वटा पदमा दरखास्त आह्वान गरेको हो । केन्द्रले उल्लेखित पदका लागि आवेदन दिन ७ दिनको समय दिएको छ । केन्द्रले जारी गरेको सूचना अनुसार प्राविधिक निर्देशक पदका लागि कम्प्यूटर साईन्समा स्नातकोत्तर वा कम्प्युटर इञ्जिनियरिङमा स्नातकोत्तर गरेको र सूचना प्रविधि क्षेत्रमा अधिकृतस्तरको पदमा ५ बर्ष काम गरेको अनुभव आवश्यक हुनेछ । केन्द्रले उक्त अवसरमा रुची राख्ने योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारमा रु १० को टिकट काटेर आवेदन दिन सकिने जनाएको छ ।