NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कल्प–ग्रन्थको प्रिमियम संस्करण बैशाखदेखि होम डेलिभरी

काठमाडौं । कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक कल्प–ग्रन्थ प्रिमियम संस्करण अब होम डेलिभरी हुने भएको छ । २०७८ वैशाख १५ गतेदेखि होम डेलिभरी हुने भएको हो। गत मंसिर १ देखि २०२१ रुपैयाँ प्रि–भुक्तान लिई मुद्रण गरिएको पुस्तक २०७७ चैत १४ मा सार्वजनिक गर्ने भनिए पनि पुस्तक छपाइको प्राविधिक कारणले ढिला भएको प्रकाशले बताएको छ । पुस्तकको प्रोमोसनल गीत ‘खर्पनमा बोकी हिँड्छु अचेल’ सार्वजनिक कार्यक्रममा बोल्दै बुक–हिलका अध्यक्ष भूपेन्द्र खड्काले कल्प–ग्रन्थको ३७१३ प्रति प्रि–बुकिङ भई मुद्रण भएको तथा पुस्तक सार्वजनिक अगावै पाठकहरूको ठेगानामा डेलिभर गरिने र वैशाख २५ गते औपचारिक लोकर्पण गरिने जानकारी दिए । उनले भने, ‘किताब अनुमान गरेभन्दा निकै ठूलो र बहु(मुद्रण भएकाले ढिला भएकोमा सम्मानित पाठकसमक्ष समयमा सार्वजनिक गर्न नसकेकोमा माफी माग्दछौँ तर किताब हात परेपछि पाठकले मुद्रणमा भएको ढिलाइलाई आफैँ बुझ्नु हुनेछ ।’ कल्प–ग्रन्थको आफ्नो सपना पूरा भएकोमा कुमार नगरकोटीले सबैप्रति आभार व्यक्त गरे । त्यस्तै गायक सुगम पोखरेलले कुमार नगरकोटीको यो गीत आफ्ना लागि प्रसाद भएको बताए । आज सार्वजनिक खर्पन गीतको भिडियोमा कुमार नगरकोटीको शब्द तथा अभिनय, हरि लम्सालको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ । बुक–हिलको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नितिन चन्दको छायांकन र सम्पादन तथा भूपेन्द्र खड्काको निर्देशन रहेको छ । https://www.youtube.com/embed/xiaUsFSwuDw