NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमालेमा अवसर होइन, भविष्य प्रमुख बन्यो : पोखरेल

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले एमाले अवसर होइन, भविष्य बनेको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले प्रवेश गरेकाहरुको उदाहरण दिँदै उनले एमाले भविष्य भएको जिकिर गरेका हुन् । ‘प्रदेश–२ मा चारजना प्रदेश सभासदले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन, भविष्य प्रमुख बन्यो,’ उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका सांसद झपट बोहोराले माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका थिए । लुम्बिनी प्रदेशमा पनि दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।