NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

शिवपूरी राष्ट्रिय निकुञ्जमा आगलागी, तीनवटा दमकल लिएर पुग्यो सेनाको अग्नि नियन्त्रक टोली

काठमाडौं । काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ। आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए। बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरू भएको उनले बताए । आगलागी भने कसरी भएको हो भन्ने कुनै जानकारी प्राप्त भएको छैन । अहिले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनका कर्मचारी आगो निभाउन खटिएका छन् । तीन वटा दमकलले आगलागी नियन्त्रण गर्न लागेको छ । करिब दुई सय जना जति खटिएका छन् ।