NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जस्तोसुकै संकट आए पनि ओलीको साथ छोड्दैनौं : टोपबहादुर रायमाझी

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलले जस्तोसुकै संकट आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाडुने बताएका छन् । अर्घाखाँचीको सितगंगा ७ तामातालमा नौमुरे वहुउद्देश्यीय जलविद्युत आयोजनाको आयोजना साइट कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो बताएका हुन् । ‘हाम्रो ट्युनिङ मिलेको छ, हाम्रो विचार मिलेको छ, राष्ट्र, राष्ट्रियता र समृद्धिको भावना मिलेको छ, जस्तोसकुै संकट आएपनि केपी ओलीको साथ छाड्दैनौं,’ रायमाझीको भने । राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको काम ओलीबाहेक अरुबाट सम्भव छैन भन्ने कुरा पनि इतिहासले देखाएको मन्त्री रायमाझीले बताए । केपी ओलीको नेतृत्वमा विकास र समृद्धि लक्ष्य पूरा गर्ने गतिमा देश अगाडि बढिरहेको उनले बताए । केपी ओली अहिलेसम्मकै अब्बल नेता भएको भन्दै उनले यो कुरा देश र जनताले मानिसकेको प्रष्ट पारे । ‘राष्ट्रिय र राष्ट्रिय स्वाधिनताको पक्षमा दृढ रूपमा उभिने, राष्ट्र नायक, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसाथ अगाडि बढ्नुभएका, विकास र समृद्धिको नेतृत्व गर्नुभएका हाम्रा नेता केपी शर्मा ओलीलाई अरु भन्दा अब्बल नेताका रुपमा राष्ट्रले मानेको छ,’ रायमाझीले भने । प्रधानमन्त्री ओलीले जति काम अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेका पनि उनले बताए । ‘प्रधानमन्त्री र मन्त्री त अरू पनि भएकै हुन्, इतिहास पल्टाएर हेरौं अरूले कति गरे ? ओलीले कति काम गर्नुभयो व्याख्या गर्न जरुरी छैन, जनताले राम्रोसँग बुझेका छन्,’ रायमाझीले भने ।