NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ। बैंकले आज साेमबार १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हाे। त्यसमा आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ। यो बिल आउँदो असार २९ गते परिपक्व हुनेछ। यस्तै दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । यो बिल आगामी असोज २६ गते परिपक्व हुनेछ। बैंकले यसअघि यही चैत २३ गते समेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।