NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रचण्ड भन्छन्- जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारकाे नेतृत्वबारे सहमतिबाटै टुंग्याइने बताए। चितवन पुगेका प्रचण्डले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताएका हुन्। संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ,’उनले भने। प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए। पछिल्लाे पटक माओवादी केन्द्र र कांग्रेस नयाँ सरकार गठनकाे कसरतमा रहेका बेला प्रचण्डकाे यस्ताे भनाइ आएकाे हाे।