NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सेती अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए । आइतबारमात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो। संक्रमित भएपछि उनी गएराति ८ बजेतिर अस्पतालमा भर्ना भएका थिए । उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । ती पुरुषमा एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।