NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

चितवनमा ट्र्याक्टर दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

चितवन । राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आइतबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा यसअघि पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राप्ती–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम-ठेगाना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नं को ट्र्याक्टर अनियन्त्रित भई आँपपानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करीब २०० मिटर तल खस्दा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था मध्यम छ । १ को अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । (रासस)