NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोभिड भ्याक्सिन लगाएपछि भुलेर पनि नखानुहोस् यस्ता खानेकुरा !

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले समुदायमा झ्न बढी त्रास फैलाएको छ । अहिले विश्वका सबै देशमा भ्याक्सिन लगाउने काम जारी छ । यद्यपि भ्याक्सिन लगाइसकेपछि तपाईंलाई कुनै साइड इफेक्ट नहोस् भन्नका लागि तपाईंको खानपिनको महत्वपूर्ण भूमिका रहन्छ । एक रिपोर्टअनुसार कोरोनाविरुद्धको भ्याक्सिन लगाउनुअघि र लगाइसकेपछि तपाईंलाई कस्तो खाना खानुपर्छ वा कस्तो खाना खानु हुँदैन । यसबारे जानकारी लिन आवश्यक हुन्छ । यदि तपाईं कोरोनाविरुद्धको भ्याक्सिन लगाउन जाँदै हुनुहुन्छ भने नियमित रुपमा धेरै पानी खानुहोस् । तरभुजा, काँक्राजस्ता पानीले भरपूर फल सेवन गर्नुहोस् ताकि भ्याक्सिन लगाइसकेपछि कुनै साइड इफेक्ट नहोस् । साथै भ्याक्सिनको पूरै कोर्षका बेला तपाईंलाई पनि राम्रो महशुस होस् । भ्याक्सिन लगाइसकेपछि मदिरा सेवन बन्द गर्नु नै उपयुक्त हुन्छ । किनकी यसका कारण डिहाइड्रेशन अर्थात शरीरमा पानीको कमीको समस्या हुनसक्छ । शरीरमा पानी कम हुँदा भ्याक्सिनको साइड इफेक्ट बढी पर्छ । अल्कोहल रिसर्च नामको जर्नलमा प्रकाशित एक अध्ययनअनुसार भ्याक्सिन लगाइसकेपछि मदिरा सेवनले तपाईंको इम्यूनिटी पनि कमजोर हुन्छ । ब्रिटिश जर्नल अफ न्यूट्रियशनमा प्रकाशित एक अध्ययन अनुसार कोभिड भ्याक्सिन लगाइसकेपछि तपाईंलाई स्याचुरेटेट फ्याट र क्यालोरिजले भरपूर प्रशोधित खानाबाट दूरी बनाउन आवश्यक हुन्छ । जर्नल अफ क्लिनिकल स्लीपमा प्रकाशित अध्ययन अनुसार धेरै गुलियो खानाले पनि कोभिड भ्याक्सिनको साइड इफेक्टलाई बढाउँछ । यसले स्ट्रेस, एङ्ग्जाइटी र निद्रामा पनि खराबी आउनसक्छ । कोरोना भ्याक्सिन लगाएपछि सम्भव भएसम्म स्वस्थ र सन्तुलित भोजन सेवन गर्नुहोस् । जतिसक्दो पानी धेरै पाइने फलफूल खानाका लागि चिकित्सकले सुझाएका छन् ।