NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

टिएमएसमा आएको समस्या समाधान, नेप्सेले थप्यो १ घण्टा सेयर कारोबारको अवधि

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्जको टिएमएसमा समस्या आएर कारोबार गर्नबाट वञ्चित भएका लगानीकताहरुले अब भने कारोबार गर्न सक्ने भएका छन् । नेप्सेले टिएमएस अवरुद्ध भई कारोबारमा असर पुगेको एक घण्टा समय थप गरी ४ बजेसम्म कारोबार गराउने जानकारी दिएको छ । नेप्सेका अनुसार ब्रोकर डिएनए बन्द भएर टिएमएसमा समस्या देखिएको हो । हाल त्यो समस्या समाधान भइसकेको छ । सुरुमा टिएमएसमा हालेको अर्डर नदेखिने समस्या देखिएकोमा पछि टिएमएस नै खुल्न छोडेको थियो । समस्या आउनु अगाडी हालिएका अर्डरहरु अहिले देखिएका छन् । यस्तो अवस्थामा कतिपय लगानीकर्ताहरु दोहोरो आवेदन परी क्लोज आउटमा समेत पर्दै आएका छन् । कारोबार सुचारु भएसँगै नेप्से सुचक ३५.६४ अंक बढेर २६ सय ११.३० विन्दुमा पुगेको छ । यस समाचार तयार पार्दा सम्म २ सय कम्पनीको २ अर्व ५ करोड बढीको कारोबार भइसकेको छ । बुधबारको कारोबारमा निर्जिवन बीमा, लगानी, लघुवित्त, जलविद्यूत, जीवन बीमा जस्ता कम्पनीका सेयर बढी माग रहेको देखिएको छ ।