NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएकाे छ। सत्ता साझेदार राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने र अविश्वासकाे प्रस्तावमा समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार वा शुक्रबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्। कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले सांसदलाई बोलाइएको बताए। बिहीबार वा शुक्रबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने गरी छलफल चलाइएकाे उनले बताए। प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ। ६० सदस्यीय प्रदेशसभामा तीन जना राजमोका छन्। गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङले अहिलेकै सरकारलाई समर्थन गरिरहेका छन्।